रौतहट //रौतहटमा ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।

गएराती ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका -२ जुडीबेला का सोनालाल चौधरीको ज्यान  गएको हो।

OM Sai Pathibhara Hospital

यु पी ३५ ए टी ४२७३ भारतीय नम्बरको ट्रकले चादीपुल नजिकै चौधरीले चलाएको ना ३५ प १८ ९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उनको घटनास्थलमै ज्यान गएको रौतहट प्रहरीले जानकारी गराएको छ।

मृतक चौधरी जनज्योति बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन्।

ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जानकारी गराएको छ।