गुल्मी / गुल्मीमा एक युवक बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन् । 

मृत्यु हुनेमा मालिका गाउँपालिका –७ स्थित दीर्घ टोलका ३२ वर्षीय लोकनाथ पन्थी रहेका छन् । पन्थी गत भदौ २८ गते घरबाट बेपत्ता भएका थिए । बेपत्ता भएको १६ दिनपछि आज जङ्गलमा उनको शव फेला परेको हो ।  

OM Sai Pathibhara Hospital

जिल्ला अस्पतालमा शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।