बिर्तामोड / झापामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –८ की ५० वर्षीया लतुमाइ मर्डी रहेकी छिन् । 

बिहीबार बिहान ११ बजे भद्रपुर नगरपालिका –१० स्थित देउनियाँ नजिकै चन्द्रगढी सामुदायिक वनमा लतुमाइ र उनका श्रीमान शुकलाल मर्डी निगुरो टिप्न गएका थिए । 

OM Sai Pathibhara Hospital

निगुरो टिप्ने क्रममा जंगली हात्तीले लतुमाईलाई सुँडले च्यापेर चन्द्रगढी सामुदायिक बनभित्र लगेको थियो । हात्तीले लतुमाइलाई लगे पश्चात शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए। 

लतुमाईको खोजीका लागि खटिएको डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको टोलीले अपरान्ह ४ बजे सामुदायिक बन भित्र रहेको सेती खोलाको पैनीमा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।