बिर्तामोड (राजधानी दैनिकबाट) नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ ।

पाँच दलीय गठबन्धनभित्रको सहमतिअनुसार माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो । मन्त्रीको नामावली तथा अगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताए । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।