विराटनगर / महिलालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले विराटनगर –१७ का एक महिला र पुरुषलाई पक्राउ गरेको छ । विराटनगर – ४ की एक महिलालाई बन्धक बनाएर बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा दुई जनालाई काठमाण्डौबाट पक्राउ गरिएको बानेश्वर प्रहरी वृत्त काठमाण्डौले जानकारी गराएको छ ।

काठमाडौंको बानेश्वरमा एक महिलालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा विराटनगर –१७ का श्रीमान निरज शर्मा र उनकी  श्रीमती नितु शर्मालाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

उनीहरूलाई सोमबार पक्राउ गरिएको र अनुसन्धान थालिएका बानेश्वर प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाले जानकारी गराएका छन् ।

पीडित महिलाको स्वास्थ्यमा समस्या रहेको पाइएकाले उपचारका लागि अस्पताल पठाइएकोअनुसन्धान थालिएको उनले बताएका छन् ।