बिर्तामोड / आज ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभात फेरी र कन्काई माई धाम सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सुरुवाती कोठा नेपालको आयोजना र दर्जन भन्दा बढी संघ संस्था को सहकार्यमा उक्त कार्यक्रम गरिएको सुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासले जानकारी दिए ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेजका विद्यार्थीहरूले बिर्तामोडको मुक्ति चोक वरिपरि गरिएको प्रभात फेरीमा भाग लिएका थिए भने कार्यक्रममा पुर्बेली नौमति बाजा, महिला समुह, चारपानेले नौमति बाजा प्रस्तुत गरेका थिए ।
प्रभात फेरीमा मारवाडी महिला मञ्च लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कोठा नेपालका अध्यक्ष दासको सभापतित्वमा सम्पन्न भएको हो ।
सुरुवाती कोठा नेपालले विगतका वर्षमा पनि पर्यटन दिवसका दिन विविध कार्यक्रम गरी मनाउँदै आएको संस्था का कोषाध्यक्ष रविन पाठक ले जानकारी दिए ।