बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकिएको छ  । तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी  आज प्रतितोला रु एक हजार १६० तोकिएको हो ।