बिर्तामोड / विराटनगरका इटा व्यावसायीमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् ।

व्यवसायी काभ्रेका कमानसिंह लामामाथि उनकै पार्टनर विराटनगर –६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

OM Sai Pathibhara Hospital

पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि आइतबार दिउँसो सावा १ बजे उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरेका थिए ।  

कार्कीको खुकुरी प्रहारबाट गम्भिर घाइते भएका लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले जानकारी दिए । 

खुकुरी प्रहार गर्ने कार्कीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।