सप्तरी / सप्तरीमा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुइ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका –२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र उनका भाइ नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । 

OM Sai Pathibhara Hospital

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए । 

राति सुतेको अवस्थामा दुवैको मुखबाट फिँज आएको देखेपछि परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए ।