रौतहट //रौतहट प्रहरीले ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। 

सर्लाहीको मलंगवा नगरपालिका-२२ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

गौर बसपार्कबाट उनी पक्राउ परेका हुन्।

दुई वटा झोला बोकेका सोनारलाई शंका लागि चेकजाँच गर्दा चाँदी फेला परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले जानकारी गराएका छन्।

चाँदीको बजार मूल्य झन्डै ३९ लाख ४४ हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ।उनलाई  आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको  चिमरियाले  बताएका छन्।