विराटनगर / भन्सारबाट अवैध रुपमा समान भित्र्याउने भन्सार एजेन्ट निलम्बनमा परेका छन् ।

 भन्सारबाट अवैधरुपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयत गर्ने फर्म पूर्ण कृष्ण ट्रेडर्सलाई विराटनगर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको हो । 

OM Sai Pathibhara Hospital

पूर्ण कृष्ण ट्रेडर्स फर्म प्रयोग गरेर गैरएजेन्ट राजकुमार रौनियार र लक्ष्मण रौनियारले भारतबाट कपडा आयात गर्ने र एजेन्ट थापाले सामानको भन्सार महसुल नतिराई भन्सार विन्दुबाटै अवैध रुपमा सामान छिराउँदै आएका थिए । 

अवैध तरिकाले भन्सार छली गरेर सामान ल्याएको पाइएपछि प्रमुख भन्सार अधिकृत शिव भण्डारीले उनलाई निलम्बन गरेको भन्सार अधिकृत अमित तिवारी जानकारी दिए । 

भन्सार कार्यालयबाट अधिकृत तेजमान काफ्लेको नेतृत्वमा खटाएको टोलीले पूर्ण कृष्ण ट्रेडर्सका नाममा एउटै प्रज्ञापनपत्रमा दुई पटक गरी ३६ लाख मूल्यभन्दा बढीका कपडा आयात भएको र उक्त कपडाको भन्सार महसुल नतिरी भन्सार बिन्दुबाटै बाहिर निकालिएको प्रतिवेदनका आधारमा भन्सार एजेन्ट थापा र उनको फर्मलाई दुई महिनाका लागि निलम्बन गरिएको भन्सारले जनाएको छ ।