सुनसरी / सुनसरीको बराहक्षेत्रकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका –११ की ६५ वर्षीया ममनी देवी खत्वे रहेकी छिन् । 

हिजो (सोमबार) दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई शरीरको बिभिन्न भागमा कुल्चि उनलाई घाईते बनाएको थियो । 

OM Sai Pathibhara Hospital

घाईते खत्वेलाई स्थानीयले घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।