बिराटनगरमोरङको सलकपुरमा एक महिलाकाे रहस्यमय तरिकाले काेठा भित्र झुण्डिएको अवस्थामा  शव फेला परेको छ।   

आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका –११ की २२ वर्षीया रोजिना गिरीको शव बेडमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।  

OM Sai Pathibhara Hospital

घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव फेला परेको र शरीरमा पनि निलडाम भएकाले आत्महत्या नभइ हत्या गरिएको मृतकको माइती पक्षको आरोप छ । 

रोजिनाको मृत्यु शंकास्पद भएको भन्दै काफ्ले परिवारका तीन जना विरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुर गिरीले बताए

मृतकको शव पोस्टमार्टम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।