बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –२ घर्लेनीमा क्रेनले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबसाईन –५ का ३५ वर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । 

हिजो (आइतबार) बेलुका ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीले किच्दा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

क्रेन र क्रेन चालक रौतहट रंगपुर –२ का २४ वर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।