धनुषा / धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ । मृत्यु हुनेमा २८ वर्षीया अर्चना सिंह र उनको चार वर्षीय छोरो रहेका छन् ।

उनीहरूको शव सोमबार धनुषाधाम नगरपालिका –२ स्थित धरमपुर पोखरीमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब  उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

स्थानीयले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएका थिए । घटना आत्महत्या वा हत्या के हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।