बिर्तामाेड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।    

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैयाँ थियो ।