दाङ / दाङमा पुरुषलाई 'हनी ट्रयाप' मा पारेर १८ लाख रुपैयाँ असुल्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही –१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार रहेका छन् । 

OM Sai Pathibhara Hospital

उनीहरूले घोराहीका एक व्यक्तिलाई होटलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख रुपैयाँ असुल गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए । 

उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १ लाख नगद सहित १७ लाखको चेकमा कुरो मिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काफ्लेले बताए  । 

प्रहरीले उनीहरूको साथबाट १७ लाखको सिभलि बैंकको चेक समेत बरामद गरेको छ । 

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात  सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।