काठमाडौँ  / नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार एक सय रुपैयाँ मा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७०  थियो ।