बिर्तामोड / बुद्धभूमि नेपाल हाइड्रोपावरले आठ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । बुद्धभूमि नेपालले आगामी असोज ११ गतेदेखि सर्वसाधारणका लगानीकर्ताहरूका लागि आईपीओ जारी गर्ने भएको हो । 

कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेको थियो । त्यस लगतै बुद्धभूमि नेपालले दोस्रो चरणका लागि सर्वसाधारणमा कुल आठ लाख कित्ता सेयर जारी गर्न लागेको हो । 

OM Sai Pathibhara Hospital

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ । 

आवेदकले असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।