झापा // काज क्रियामा बसिरहेका एक परिवारलाई आर्थिक अवस्था कमजोर  भएको भन्दै नेकपा (माओवादी  केन्द्र)  वाइसिएल ले आर्थिक सहयोग गरेको छ।

  झापाका सिताराम हेमरम  (सतार) को मृत्यु भएपछि आर्थिक अवस्था कम्जोर भएका परिवारलाई नेकपा (माओवादी  केन्द्र) वाइसिएल वडा कमिटी शिबसताक्षी-२ ले  संयुक्त रुपमा रु १२ हजार ६ सय २० सहयोग गरेको हो।

OM Sai Pathibhara Hospital

मंगलबारे   बजारस्थित हेमरमको घरैमा पुगेर दिवंगत सितारामकी पत्नी मङ्गली र छोरा अर्जुन हेमरमलाई सो सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ।

घरको मुख्य अभिभावकको  निधन भएपछि क्रियामा बसिरहेका एनका श्रीमती र छोरालाई खाना तथा घरायसी व्यवस्थापनमा समस्या भएको खबर बाहिर आएपछि सहयोग गरिएको नेकपा (माओवादी केन्द्र) वडा अध्यक्ष भीम नेम्वाङले बताएका छन्। 

 समाजमा मानवीय नाताले पनि सहयोग गर्नुपर्ने अवस्थाका हेमरम परिवारलाई दुःखको घडीमा आर्थिक सहयोग जुटाइएको उनले बताएका छन्।