काठमाडौँ  / पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत वातावरण संरक्षणका लागि वृक्षारोपण सुरु गरेकी छन् । उनले शनिवार काठमाडौँको काभ्रेस्थली–२ स्थित तारकेश्वरको शान्तिधाम मन्दिरमा वृक्षारोपण गरेकी छन् । 

हिमानी कोषको पहल र मन्दिरको संयोजनमा मन्दिर प्राङ्गणमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

OM Sai Pathibhara Hospital

‘हरियो वन नेपालको धन,’ भन्दै उनले मन्दिर प्राङ्गणमा फलफूलको बिरुवा वातावरण संरक्षणमा सहयोग पुग्ने र सबैले खान पनि पाउने भएकाले सबै मन्दिरमा फलफूलको बिरुवा रोप्ने आफूहरूको योजना रहेको उनले जानकारी दिएकी छन् ।

मुलुकमा लोकतन्त्र आएपछि पूर्वराजपरिवार नागार्जुन दरबारमा सरेको छ। पूर्व राजा रानी ज्ञानेन्द्र र कोमल कहिलेकाँही देशका विभिन्न मठमन्दिरमा घुम्ने गरेका छन् भने पूर्वयुवराज पारस परिवारभन्दा बाहिर आफ्नै हिसाबमा जीवन निर्वाह गरिरहेका छन् ।  पूर्वयुवराज्ञी हिमानी भने कोष मार्फत सामाजिक काममा देखिने गरेकी छिन् ।