बर्दिया / बर्दियामा जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका –३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ बर्षिया सुनिता थारू र बालकृष्णकी ४३ वर्षीया भाउजू बेलमती थारू रहेका छन् । 

OM Sai Pathibhara Hospital

शुक्रबार राती खेतमा पानी लगाउन गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।

पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।