बिर्तामोड / आज (शुक्रबार) सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ रहेको छ ।

आज तेजाबी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको जनाएको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।