काठमाडौं// अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको भए तापनि  कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै  तरलता घट्दै गएको छ ।

OM Sai Pathibhara Hospital

अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको राष्ट्र बैंकले जानकारी गराएको छ । एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो ।

निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिने बताइएको छ ।धेरै ब्याजदर दिनेमा प्राइम  बैंक रहेको छ भने दोस्रोमा कमर्सियल र  तेस्रोमा मेगा बैंक देखिएको छ ।

प्राइमले ९ दशमलव ७५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ भने मेगाले ९ दशमलव ५५ प्रतिशत दिने बताएको छ । नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

यो बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दति निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म पि्रमियम थपेर ब्याज लिने उल्लेख गरेको छ ।

नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

आधारदर ५.४१ प्रतिशत रहेको यस बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म पि्रमियम थपेर कर्जामा ब्याज लिने बताएको छ।