बिर्तामोड / सङ्खुवासभाको मादी नगरपालिका –१ उम्लिङमा गत भदौ २१ गते ६ जनाको विभत्स तवरले भएको हत्याको घटनाले नयाँ मोड लिएको छ ।

हत्याका विषयमा अनुसन्धान जारी राखेको प्रहरीले घटनामा शंकास्पद भूमिका देखिएको भन्दै थप एक जनालाई पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

OM Sai Pathibhara Hospital

हत्यामा संलग्न रहेको भन्दै यसअघि प्रहरीले मृतक परिवारका नातेदार समेत रहेका लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरीले लोक बहादुरका भाइ  २५ वर्षीय भाइ नरेशलाई समेत पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल पक्राउ परेका लोक बहादुर कार्कीका भाइ नरेश कार्कीको साथबाट बरामद भएपछि प्रहरीले नरेशलाई थप अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा घटना भएको समयमा नरेश रञ्जनाको कोठामा सम्म पुगेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी गराएको छ । पक्राउ परेकाको साथबाट सो दिन मारिएकी रञ्जना कार्कीको मोबाइल समेत बरामद भएपछि घटना थप रहस्यमय बनेको छ ।

यसअघि पक्राउ परेका लोक बहादुरले प्रहरीलाई आफ्नी आमाको मृत्युको घटना र आफूलाई अपमानित गर्ने गरेकाले आफू एक्लैले हत्या गरेको बयान दिएका थिए ।  

पक्राउ परेका लोकमानले उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यापछि प्रदेश प्रहरी प्रमुख अरुण कुमार बीसी , केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी रुगम कुँवर, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि हत्यामा लोकबहादुर संलग्न रहेको भन्दै पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेका थिए ।  

सङ्खुवासभाका प्रहरी नायब उपरीक (डिएसपी) लालध्वज सुवेदीले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । उनले घटनास्थलमा नै बसेर प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानकै क्रममा नरेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन् ।