काठमाडौं// त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोभन्दा बढीको सुनका  खजानासहित दुई जनालाई  विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले  पक्राउ गरेको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारी राज अधिकारीलाई सुनसहित प्रहरीले पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका उनीहरुको साथबाट ३ किलो ३६० ग्राम तौल भएको सुनका खजाना बरामद भएको प्रहरीले बताएको छ।

बरामद भएको सुनको बजार मूल्य २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ भएको  प्रहरीले जानकारी गराएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।