लमजुङ / लमजुङमा पाँच वर्षमा एक सय ३१ जना बालबालिका हराएका छन् । आर्थिक वर्ष २०७३ देखि ०७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका हुन् । 

तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएका थिए ।   

OM Sai Pathibhara Hospital

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । 

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।