बिर्तामोड / इटहरीका वडा अध्यक्षलाई धम्क्याएर २० लाख रुपैयाँ मागेको आरोपमा झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका –१ बस्ने २४ वर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् । 

गत असार १३ गते इटहरी उपमहानगरपालिका –१९ का वडाध्यक्ष श्रीनारायण चौधरीलाई अपरिचित व्यक्तिले फोन गरेर गाली गलौज गरी धम्क्याएर बीस लाख रुपैयाँ मागेका थिए । 

OM Sai Pathibhara Hospital

अपरिचित व्यक्तिले धम्क्याएपछि चौधरीले प्रहरीलाई खवर गरेका थिए । अनुसन्धानका क्रममा धम्क्याउने व्यक्ति दमकका पुण्यबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले  इलाका प्रहरी कार्यालय दमकको सहयोगमा गाउँमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।