बिर्तामोड / प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज आइतबार बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
संघीय संसद् सचिवालयले आजको बैठकमा सम्भावित २३ कार्यसूची तय गरेको छ ।