सुदूरपश्चिम / नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका –९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
रक्तचापका कारण अचानक छाती दुखेपछि उहाँलाई उपचारका लागि सो मेडिकल कलेज पु¥याइएको थियो ।पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए ।
कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।
उनका श्रीमती तीन छोरा र तीन छोरी छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए ।