बिर्तामोड / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)विरुद्ध आन्दोलनको घोषणा गरेको छ । 

पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।

OM Sai Pathibhara Hospital

विश्वकर्माले एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । 

विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी समेत दिएका छन् । उनले एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको भन्दै यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।

नेपालकै रकमलाई राम्रोसँग खर्च गरियो विकास पर्याप्त हुने तर ५० करोड अमेरिकी डलरमा कमिसन खान पाइन्छ भन्दै केही नेताहरू त्यो पास हुनैपर्ने अडानमा रहेको उनले दाबी गरे ।