बिर्तामोड / सरकारले सामाजिक सञ्जाल युट्युबबाट हुने आम्दानीमा कर लगाउने भएको छ ।

बजेट प्रतिस्थापन विधयेक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सञ्जाल बाट हुने आम्दानीमा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सामाजिक सञ्जाल मार्फत श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रा आर्जन गर्दा कर लाग्ने सरकारले बजेट मार्फत नीति ल्याएको हो । विधेयक अनुसार सम्बन्धित बैंक, वित्तीय संस्था वा मनी ट्रान्सफरले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतको दरले अग्रिम कर असुल गर्नुपर्ने सरकारले ब्यवस्था गर्ने भएको छ ।