बिर्तामोड / प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ ।
आज शुक्रबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो ।
एमाले सांसदहरूको अवरोधका बीच चलेको बैठक सभामुख अग्नि सापकोटाले भदौ २७ गते (आइतबार) सम्मका लागि स्थगित भएको घोषणा गरे ।