बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । 

देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरूलाई आग्रह समेत गरेका छन् । मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

पौडेलले बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका नेताहरूबीच कुनै छलफल नभएको बताएकी छिन् ।