काठमाण्डौ / झापाली नेता एवं नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सुन्दरीजल स्थित बीपी सङ्ग्रहालय पुगेर शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजल पुगेर शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो उम्मेद्वारी घोषणा गर्दै शर्माले १५ वर्ष लगातार कांग्रेसको नेतृत्वमा केन्द्रिय सरकार चलाउने उद्घोष समेत गरेका छन् । शर्माले आफ्नो उम्मेदवारी बिपीले कल्पना गरेको विकासको मोडल साकार पार्नका लागि भएको समेत बताएका छन् ।
महामन्त्रीका लागि यसअघि नै युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन् । कांग्रेस नेता बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महत, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, मिनेन्द्र रिजाल, धनराज गुरुङ र गुरुराज घिमिरेले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने सम्भावना रहेको छ ।





































