बिर्तामाेड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कारवाहीमा परेका माधवकुमार नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
संसदीय दलका नेता समेत रहेका ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठक आज बुधबार बोलाइएको छ ।
उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, – ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरू उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’
एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारिने बताए ।
अध्यक्ष ओलीले एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई मान्यता दिएर अर्को पार्टी गठन नै हुन नसक्ने दावी समेत गरे ।