मोरङ//मोरङमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले समाजवादी रोजेका हुन्।
बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जानकारी गराएको छ।
पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका छन्।
माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेको बताइएको छ ।