ताप्लेजुङ//ताप्लेजुङमा नेकपा एमालेबाट पाँच प्रमुख/अध्यक्ष र पाँच उपाध्यक्षसहित २१ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

ताप्लेजुङ एमालेको तेस्रो धारका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई निर्वाचित जिल्लामा १ सय ७३ जनप्रतिनिधिमध्ये २१ जनाले समाजवादी रोजेका  हुन्।

OM Sai Pathibhara Hospital

जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेल समाजवादीमा गएको बताइएको छ।

त्यसैगरी मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका - ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेका वडाध्यक्ष डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेले पनि एकीकृत समाजवादीमा गएको बताइएको छ।

त्यस्तै एक जना जिल्ला समन्वय समिति सदस्य, चारजना नगर तथा गाउँ कार्यपालिका सदस्य र बाँकी सबैजना वडा सदस्यले समाजवादी रोजेका छन्।