बिर्तामोड / झापामा शिवसताक्षी नगरपालिका –७ का वडाअध्यक्ष सहित सात जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलिको निर्वाचन क्षेत्र रहेको झापामा आज (मंगलबार) वडाअध्यक्ष नवीन इजम सहित सात जनाले समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गर्नेमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य ईश्वरी दाहाल, शिवसताक्षी नगरपालिका –७ का वडाअध्यक्ष नवीन इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर –६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका –३ का वडा सदस्य होम दुलाल र भद्रपुर नगरपालिका –९ का वडा सदस्य कुन्जा रुचाल रहेका छन् ।