काठमाण्डौ / सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसिका विषयमा नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले नदिएकाले पास नहुने उद्घोष गरेका छन् ।

आफ्नै दलको युवा संगठन वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसिसि पास नहुने उद्घोष गरेका हुन् ।

OM Sai Pathibhara Hospital

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजाउने समेत बताएका छन् । उनले पार्टी संसदवादमा फसेको भन्दै वाईसियललाई फौजी संरचना र संगठन जसरी चलाउन पनि निर्देशन दिएका छन् ।

एमसिसिकी उपाध्यक्ष फतिमा सुमारको भ्रमण सार्वजनिक भएपछि चौतर्फी विरोध र आन्दोलन सुरु भएपछि प्रचण्डको एमसिसि पास नहुने उद्घोषले सत्तारुढ दलमा नै खटपट हुने सम्भावना देखिएको छ । नेपाली कांग्रेस र प्रधानमन्त्री शेर बहादुर देउवा आफ्नै सरकारका पालामा भएको सम्झौता कार्यान्वयन गराई छाड्ने तयारीमा रहेका छन् ।