बिर्तामोड / नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।
आज राजधानीको गौशालास्थित अनुपम पार्टी प्यालेसमा बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटालाई चयन गरेको हो ।
देवकोटा यसअघि उपाध्यक्ष थिए । त्यस्तै सह–संयोजकमा सुबोध सेर्पाली चयन भएका छन् । यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।
यसअघिको राष्ट्रिय सम्मेलनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो। अब देवकोटा नेतृत्वको यो समितिले वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गर्नेछ ।
स्रोतका अनुसार सुमन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका हुन् ।