विराटनगर //नेकपा माओवादी  केन्द्रको भदौ २० गते बसेको प्रदेश समिति कार्यालयको बैठकले जिल्ला सम्मेलन सम्मका लागि  नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ।

समितिले विभिन्न जिल्लामा नेताहरुलाई सह-इन्चार्ज र संयोजकको जिम्मेवारीको टुंगो लगाएको छ ।

OM Sai Pathibhara Hospital

पाँचथरको सह-इन्चार्जमा हर्कबहादुर नेम्वाङ र संयोजकमा होमबहादुर जबेगुलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी ताप्लेजुङ्गको संयोजकमा बिजयप्रकाश बनेम,इलामको सह-संयोजकमा हर्कबहादुर लावती र टीका घिमिरेले छन् भने जिल्ला संयोजकमा सोममाया राईले जिम्मेवारी पाएका छन्।

त्यस्तै  झापा जिल्लाको सह-इन्चार्जमा झलकसिं दर्लामी ,संयोजकमा मनिकुमार राई,मोरङको सह-इन्चार्जमा कुलप्रसाद साम्बा,संयोजकमा गणेश उप्रेतीले जिम्मेवारी पाएका छन्।

त्यसैगरी सुनसरीको सह-इन्चार्जमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी छन् भने  संयोजकमा योगेन्द्रप्रसाद मण्डलले जिम्मेवारी पाएका छन्।

धनकुटाको सह-इन्चार्जमा धनमाया बिक ,संयोजकमा ऋषिराम ढुंगाना रहेका छन्।   संखुवासभाको सह-इन्चार्जमा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी छन्  भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ ।

भोजपुर जिल्ला सह-संयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन् । त्यस्तै खोटाङ सह-इन्चार्जमा धुर्ब बुढाथोकी , संयोजकमा देवन चाम्लिङ्ग राई रहेका छन्।

त्यसैगरी  ओखलढुंगाको संयोजकमा मोहनकुमार खड्का ,उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँतीले  सह-इन्चार्जको जिम्मेवारी पाएका छन् भने संयोजकमा विनोद कटुवाल छन्।

  विराटनगर महानगरपालिको सह-इन्चार्जमा हेमबहादुर कार्की र संयोजकमा भोगेन्द्र यादव रहेका छन्।

सचिवको जिम्मेवारी नमिता न्यौपानेलाई दिइने बताइएको छ।