काठमाण्डौ / दार्चुला घटना र एसिसीको विरोधमा आन्दोलनमा उत्रिएका सत्तारुढ दलकै विद्यार्थीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् ।
सत्तारुढ गठबन्धनको दल माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले दार्चुला घटना र एमसीसी विरुद्धको आन्दोलन दबाउन खोजेको भन्दै गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
विद्यार्थी र नागरिक स्तरबाट भइरहेको आन्दोलनका विषयमा गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेको थियो ।
प्रदर्शनका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता पराजुलीले दार्चुला घटना , भारतीय हस्तक्षेप र एमसीसीका विषयमा मौन बसेको सरकार मोदीको पुत्ला दहनको विरोधमा उत्रिएको भन्दै आक्रोश पोखेका छन्