ताप्लेजुङ / ताप्लेजुङ जिल्लाका ९ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नयाँ दल नेकपा (एकीकृत समावादी) रोजेका छन् ।

जिल्ला समन्वय समितिकी उपप्रमुख देवीमाया नेपालीसहित ९ जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

उपप्रमुख नेपालीसहित मेरिङदेन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं –३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पाले निवाचन कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।