झापा / कनकाई नगरपालिका –७ बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नगरपालिका –८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा बिक र उनको अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ । 

मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् । शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट सुटुक्क हिँडेकी बिक र बालकको शव बिरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताएका छन् ।

OM Sai Pathibhara Hospital

खोला किनारमा शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो । प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशङ्का गरेको छ ।