बिर्तामोड / नेपाली कांग्रेसको आसन्न महाधिवेशनका क्रममा नेतृत्वमा युवा सहभागिताको माग उठिरहेका वेला १९ वर्षीया युवती सभापतिमा सर्वसम्मत चयन भएकी छन् ।
दैलेखको दुल्लु नगरपालिका– वडा नम्बर ३ मा भएको निर्वाचनमा १९ वर्षीया किशोरी स्वस्तिका कुमारी महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
कांग्रेस दैलेखका नेता एवं दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले महत सभापतिमा निर्विरोध चयन भएको जानकारी गराएका छन् । नेविसङ्घको राजनीतिमा सकृय महत कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् ।