काठमाडौं  ( राजधानी दैनिक बाट )। सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ ।

यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी संगठनमा मानव स्रोत विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइन्छ ।

OM Sai Pathibhara Hospital

यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मानव स्रोतका एआईजी निरजबहादुर शाहीलाई पठाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई भने सोही स्थानमा यथावत् राखिएको छ ।