झापा //पोखरीमा डुबेर झापामा एकजनाको मृत्यु भएको छ।

ठेगाना नखुलेका मागेर खाँदै हिँड्ने अन्दाजी  ५० वर्षीय बमबहादुर कार्की नामले चिनिएका ब्यक्तिको मेचीनगरमा पोखरीमा डुबेर मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

पोखरीमा पौडी खेल्न पसेका उनि ननिस्केपछि स्थानीयले प्रहरी चौकी चारआलीमा  खबर गरेका थिए ।

लगतै पोखरीमा पुगेको इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक र सहायक निरीक्षकको टोलीले पोखरीको पानी फालेर शव फेला पारेको थियो ।

उनको कालो टोपी, चपल, हाफपेन्ट र मोवाईल समेत पोखरीको डिलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी गराएको छ।