झापा // झापामा खातामा रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलामको देउमाई गाविस–९ साविक जितपुर गाविस–४ घर भई हाल बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने गरेका ४३ वर्षीय टंकनाथ कट्टेललाई प्रहरीले पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्याएर  सिभिल बैंकको चेक काटी दिएको उनीमाथि आरोप रहेको छ।

उनलाई सो मुद्दामा उच्च अदालत पाटनबाट २०७७ साल माघ ४ गतेको फैसलाले बैंकिङ गरेको कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू ६० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

लगतै फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले विर्तामोडबाट पक्राउ  गरेको प्रहरीले बताएको छ।