बिर्तामोड / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले प्रेस संयोजकमा पत्रकार मानसिंह विकलाई नियुक्त गरेका छन् ।
केसीले लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका रोल्पा समाचार दैनिकका सञ्चालक विकलाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् ।
रोल्पामा रहेर विकले राष्ट्रिय स्तरमा पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दै आएका छन् । उनी हाल लुम्बिनी प्रदेशको प्रेस संगठनको प्रदेश संयोजक समेत हुन् ।